नेपालगन्जबाट ९ जना जुवाडे पक्राउ

सोमबार, कात्तिक २०, २०८०
honor mob  winter sales

नेपालगन्ज । नेपालगन्जबाट ९ जना जुवाडेहरु पक्राउ परेका छन् । नेपालगन्ज वडा नम्बर १० भृकुटीनगरबाट ९ जना जुवाडे पक्राउ परेका हुन्।

Honor x7 pad

गोप्य सूचना पाएपछि गएराती वडा प्रहरी कार्यालय बाँकेबाट गएको टोलीले ९ जना जुवाडे पक्राउ गरेको जनाइएको छ ।

वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक हरि बहादुर बिसिको नेतृत्वमा गएको टोलीले निर्मल थापाको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए। उनीहरुको साथबाट ६४ हजार नगद बरामद गरेको प्रहरीले जनाइएको छ ।

पक्राउ पर्नेमा नेपालगन्ज–१० का निर्मल थापा, गणेश मल्ल र जेबि सोनी, आकाश ठकुरी, नेपालगन्ज–४ का जिवानन्द अधिकारी र वादल योगी, नेपालगन्ज–१८ का बिशाल जोशी, नेपालगन्ज–१ का सागर गिरी र लम्की चुहा नगरपालिका–१ कैलालीका सागर रावत रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १५:१०
प्रतिक्रिया दिनुहोस्