दुधौली स्पोर्ट्स क्लब कोहलपुर गोल्ड कपको सेमीफाइनलमा प्रवेश

आइतबार, कात्तिक १९, २०८०
honor mob  winter sales

नेपालगञ्ज । बाँकेको कोहलपुरमा जारी मुख्यमन्त्री कोहलपुर गोल्ड कप फूटबल प्रतियोगितामा दुधौली स्पोर्ट्स क्लब विजयी भएको छ । जितसंगै दुधौली सेमीफाइनलमा प्रवेश गरेको छ ।

Honor x7 pad

आज पाँचौं दिन भएको खेलमा क्यामरुनको एभिनियर एफसीलाई टाइबेकरमा हराउँदै दुधौली स्पोर्ट्स क्लब विजयी भएको हो । दुबै टिम गोलरहित बराबरीमा रोकिएपछि खेल टाइबेकरमा गएको हो । टाइबेकरमा ६ का विरुद्ध ७ गोलले पराजित गरेको हो । आजको खेलमा दुधौलीका गोल रक्षक लोकेश चौधरीलाई 'म्यान अफ द म्याच' घोषित गरिएको थियो । नेपाली कांग्रेस क्षेत्र नम्बर १ बाँकेका क्षेत्रीय सभापति पोषण केसीले चौधरीलाई पुरस्कार प्रदान गरेका हुन् ।  

कार्तिक २२ गतेसम्म चल्ने प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफसीसहित नेपालका चर्च व्वाइज यूनाइटेड काठमाडौं, गोर्खा व्वाइज स्पोर्ट्स क्लब बुटवल, सुदूरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौं, कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी आठ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख रुपैयाँ र दोस्रो हुनेलाई ४ लाखसहित ट्रफी प्रदान गरिने रेसिङ साहारा क्लबका अध्यक्ष चक्र चिमाला क्षेत्रीले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १९:४५
प्रतिक्रिया दिनुहोस्