डोटीमा जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु

आइतबार, कात्तिक १९, २०८०
honor mob  winter sales

कैलाली । डोटी जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएको छन् ।

Honor x7 pad

आज बिहान साढे २ बजे जिल्लाको शिखर नगरपालिका-६ को अण्यौलमा केआई सिंह राजमार्गमा धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग२च २७७६ नम्बरको बोलेरो जिप दुर्घटनामा पर्दा चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेहरुमा हिमाली गाउँपालिका-५ बाजुराका २२ वर्षीया  राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छोरा कबिन्द्र बुढा र सोही ठाउँका विमला मलालकी ८ महिनाकी छोरी प्रार्थना रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो।

त्यस्तै हिमाली गाउँपालिका-५ बाजुराका ३० वर्षीय प्रकास बुढाथापा, सोही ठाउँका २३ वर्षीय खोमबहादुर मलाल, २४ वर्षीय  दानबहादुर बुढा २१ वर्षीया विमला मलाल र २१ वर्षकै राजबहादुर मलाल घाइते भएको प्रहरीले जनाएको छ । उनीहरू मध्ये विमलाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूको शैलेश्वरी अस्पताल डोटीमा उपचार भइरहेको छ ।

प्रहरीले जीपका चालक गौमुल गाउँपालिका- ४ काडाकोटका २९ वर्षीय महेश बुढालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।

जीप अनियन्त्रित भएर सडकबाट करीब ६० मिटर तल खसेको थियो।

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  ०७:४५
प्रतिक्रिया दिनुहोस्