नेपाल ओमानसँग ५ रनले पराजित, सेमिफाइनलमा नेपाल यूएईसँग खेल्ने

बिहीबार, कात्तिक १६, २०८०
honor mob  winter sales

काठमाडौं । काठमाडौंमा जारी टी–२० विश्वकप एसिया छनोटको समूह विजेताका लागि भएको खेलमा ओमानले नेपाललाई  ५  रनले पराजित गरेको छ।

Honor x7 pad

ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याउँदै नेपालले २० ओभरमा १४० रन बनाउदै सबै विकेट बनाउदै समूह उपविजेता बनेको छ।

टस हारेर पहिलो ब्याटिङ गरेको ओमानले  २०  ओभरमा   ९   विकेट गुमाउँदै १४५     रन बनाउदै नेपाललाई  १४६    रनको लक्ष्य दिएको थियो। 

नेपालका लागि विवेक यादवले सर्वाधिक ३९ र कुशल भुर्तेलले २६ रन बनाए।

त्रिवी मैदानमा भएको खेलमा ओमानका लागि जिसान मोसुदले  सर्वाधिक ३२ रन बनाए। त्यस्तै नेपालका सन्दीप लामिछानेले २ , करण केसीले ३, सोमपाल कामीले २ विकेट  र गुल्सन झा र अबिनाश बोहराले १-१   विकेट लिए।

अब सेमिफाइनलमा नेपालले यूएईसँग खेल्नेछ।

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १२:४३
प्रतिक्रिया दिनुहोस्