जिल्ला प्रहरी कार्यालय सिरहामा प्रहरी जवानलाई हातखुट्टा बाँधेर १२ घण्टासम्म दिइयो यातना

बुधबार, असार २७, २०८०
honor mob  winter sales

सिरहा । नेपाल प्रहरीले नै आफ्नै कर्मचारीलाई १२ घण्टासम्म हातखुट्टा बाँधेर यातना दिएको पाइएको छ।

Honor x7 pad

जिल्ला प्रहरी सिरहामा कार्यरत  प्रहरी जवान अनु रायलाई इन्सपेक्टर हेमन्त राईले पछाडीबाट हात बाँधेर यातना दिएको भिडियोसमेत बाहिरिएको छ। 

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार जवान रायले आचरण विपरीत कार्य गरेको र रक्सी पिएको भन्दै गाली गरेको समेत गरेको  भिडियोमा सुनिन्छ। 

त्यसबेला जवान रायले आफूले रक्सी नपिएको दाबी गरेका छन् ।  भिडियोमा मेडिकल टेस्ट गर्न लैजाने भनिएको पनि सुनिएको छ। जवान रायलाई यातना दिएको भिडियो बाहिरिएपछि छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालयले आदेश दिएको जनाएको छ।

जवान रायले डियुटी बढी गराएको गुनासो हवल्दारसँग गरेपछि आक्रोसित भएर इन्सपेक्टर राईले हात बाँधेर कुटपिट गर्दै १२ घण्टासम्म यातना दिएका हुन् ।

यता जिल्ला प्रहरी कार्यालयले जवान रायलाई यातना नदिएको बताएको भएपनि  मेडिकल रिपोर्टमा भने रायको मापसे नगरेको देखिएको छ।

 

 

 

 

 

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १४:००
प्रतिक्रिया दिनुहोस्