लागूऔषध कारोबारी भारतीय नागरिक समात्न प्रहरीले काठमाडौंमा चलायो गोली

बुधबार, कात्तिक १५, २०८०
honor mob  winter sales

काठमाडौं । प्रहरीले गोठाटारमा भारतीय नागरिकलाई समात्न गोली चलाएको छ ।

Honor x7 pad

प्रहरीले लागूऔषध कारोबारी भारतीय नागरिक मोहमद करिमलाई समात्न खोज्दा प्रहरीलाई आक्रमण गर्न खोजेपछि गोली चलाएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ। प्रहरी चलाएको गोली करिमको दाहिने तीघ्रामा  लागेको प्रहरीले जनाएको छ।

करिमको साथबाट अपराध अनुसन्धान कार्यालयले २ सय ग्राम खैरो हेरोइन र तराजुसमेत बरामद गरेको जनाएको छ । प्रहरीले करिमसँगै नेपाली नागरिक हर्क लिम्बुलाई  पनि पक्राउ गरेको छ।

गोली लागेर घाइते भएका करिमालाई उपचारका लागि अस्पताल भर्ना गरेको जनाएको छ।

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १४:२२
प्रतिक्रिया दिनुहोस्