राष्ट्रसंघका महासचिव गुटेरेसको सुरक्षामा खटिएका असईको लेक लागेर मृत्यु

बुधबार, कात्तिक १५, २०८०
honor mob  winter sales

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षामा खटिएका प्रहरी प्रहरी सहायक निरीक्षक टिकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको छ। 

Honor x7 pad

महासचिव गुटेरेस अन्नपूर्ण आधार शिविर पुग्ने भएकाले उनी सुरक्षाका लागि गत शनिबार त्यहाँ पुगेका थिए। फर्किनेक्रममा रहेका उनी मं‌गलबार अन्नपूर्ण गाउँपालिका-११ स्थित एक होटलमा बास बसेका थिए। 

बास बस्नेक्रममा उनको लेक लागेर स्वासप्रस्वासमा समस्या आएको खबर पाएपछि बुधबार बिहान हेलिकप्टरबाट उनलाई पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। 

पोखरा ल्याउने बित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए । पर्वत निवासी ढुंगाना घान्द्रुकमा कार्यरत रहेका थापाले जानकारी दिए।

बिहान ९:३३ बजे उनलाई पोखराको मणिपाल अस्पताल पुर्‍याइएको थियो। उपचारको क्रममा ९:४६मा चिकित्सकले उनलाई मृत घोषणा गरेको कार्यालयले जनाएको छ।

 

 

 

 

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १२:२०
प्रतिक्रिया दिनुहोस्