दाङमा तरकारी बोकेको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बुधबार, कात्तिक १५, २०८०
honor mob  winter sales

दाङ । दाङको राजपुर गाउँपालिकामा  तरकारी बोकेको पिकअप भ्यानले मोटरसाइकललाई  ठक्कर दिदा एक जनाको मृत्यु भएको छ।

Honor x7 pad

जिल्लाको गढवा–राजपुर हुलाकी सडकखण्डअन्तर्गत राजपुर गाउँपालिका–२ समयथाननजिक लु ३ च ३८५३ नम्बरको पिकअप भ्यानले  मंगलबार राति रा २ प ४९११ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्करबाट मोटरसाइकल चालक राजपुर गाउँपालिका–२ बेला निवासी २४ वर्षीय श्रवणकुमार यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।

मोटरसाइकलमा सवार सोही ठाउँ निवासी २६ वर्षीया सविना यादव घाइते भएकी छन्।

उनको लमही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नवीन वलीले जानकारी दिइन्। ठक्कर दिने गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  ०८:४२
प्रतिक्रिया दिनुहोस्