बारामा प्रधानाध्यापकको गोली हानी हत्या

सोमबार, कात्तिक १३, २०८०
honor mob  winter sales

बारा। बारामा एक जना शिक्षकको गोली हानी हत्या भएको छ। जिल्लाको कलैया उपमहानगरपालिका–६ मा अज्ञात व्यक्तिको गोली लागेर  बाल एकता इंग्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकार (गुड्डु) को मृत्यु भएको बारा प्रहरीले जानकारी दिएको छ।

Honor x7 pad

आज दिउँसो मोटरसाइकलमा आएको समूहले गोली चलाउँदा गम्भीर घाइते भएका रुपेशको बयोधा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

रुपेशलाई गोली लागेलगत्तै उपचारका लागि कलैया अस्पताल लगिएको थियो । तर, उपचार सम्भव नभएपछि फेरि बयोधा अस्पताल पुर्‍याइएको थियो । त्यहाँबाट पनि काठमाडौं रेफर गर्ने तयारी हुँदाहुँदै चिकित्सकहरुले मृत घोषित गरेको प्रहरीले जानकारी दिएको छ।

उनको घाँटी र छातीमा चार राउण्ड गोली लागेको छ । 

दुइटा मोटरसाइकलमा आएका चार जनाको समूहले स्वर्णकारमाथि गोली प्रहार गरेका थिए। गोली चलाउने समूहको खोजी भइरहेको प्रहरीले बताएको छ।

 

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १५:४३
प्रतिक्रिया दिनुहोस्