राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट फरार भएका थुनुवा विवेक नेपाली पक्राउ

सोमबार, कात्तिक १३, २०८०
honor mob  winter sales

घोराही (दाङ )। दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्रहरीलाई झुक्याएर फरार भएका १९ वर्षीय विवेक नेपाली पक्राउ परेका छन् । 

Honor x7 pad

आज बिहान अस्पतालको शौचालयबाट भागेका १९ वर्षीय  नेपाली करिब २ घण्टापछि पक्राउ परेका हुन ।

घोराही उपमहानगरपालिका–१७ का नेपाली मोवाइल चोरी गरेको अभियोगमा शनिबार पक्राउ परेका थिए।

सोमबार बिहान साढे ९ बजे उनलाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य चेक जाँचको लागि लगिएको थियो। शौचालय जाने भन्दै उनको हतकडी समेत खोलिएको थियो। पछि उनी प्रहरीलाई छलेर भागेका थिए।

उनी घोराही-१८ नवलपुरको नाला छेउमा लुकेर बसेको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए।

फरार भएका नेपालीलाई खोज्न डिएसपी जनक मल्लको कमान्डमा टोली खटिएको थियो। उनलाई बिहान ११ः ४० मा पुनःपक्राउ गरिएको हो।नेपालीलाई क्षेयरोग भएको आशंकामा अस्पताल लगिएको थियो।

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १३:३४
प्रतिक्रिया दिनुहोस्