मन्टेश्वरीका बालकको सेप्टि ट्याङ्कीमा डुबेर मृत्यु, तीन पक्राउ

बुधबार, असार २७, २०८०
honor mob  winter sales

झपा। झापाको एक मन्टेश्वरीमा सेप्टि ट्याङ्कीमा बालकको डुबेर मृत्यु भएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

Honor x7 pad

मेचीनगर नगरपालिका-१० स्थित ‘सानो साथी किन्डर गार्टेन’ मन्टेश्वरीमा सोमबार नर्सरीमा अध्ययनरत तान्छोपहाङ लिम्बूको मृत्युका कारण मन्टेश्वरीका तीन जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा  मन्टेश्वरीका प्रिन्सिपल मेचीनगर-११ का ४५ वर्षीय मनोज गुरुङ र ३५ वर्षीया संयोजक  रमा सुनार र मेचीनगर–१० की २४ वर्षीया कर्मचारी अनिसा पोखरेल रहेका  छन् ।

मन्टेश्वरीका सञ्चालक काठमाडौँ-३१ निवासी ४२ वर्षे सुरेन रसाइली भने फरार रहेको प्रहरीले जनाएको छ ।

मृत बालकको शव हाल बीएन्डसी अस्पतालमै राखिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

 

 

 

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १२:३५
प्रतिक्रिया दिनुहोस्