मूर्ति विसर्जन गर्दा डुबेर बेपत्ता भएका युवकको शव भेटियो

बिहीबार, कात्तिक ९, २०८०
honor mob  winter sales

रुपन्देही । दुर्गा मूर्ति विसर्जनका क्रममा नदीमा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ।

Honor x7 pad

रूपन्देहीको मर्चवारमा मंगलबार दुर्गा मूर्ति विसर्जन गर्न गएका तीनमध्ये दुई जनाको ज्यान गएको थियो भने एक जना बेपत्ता भएका थिए।

रूपन्देहीको कोटहीमाई गाउँपालिका वडा नम्बर १ र ५ को सिमानामा रहेको तिनाउ र दानव नदी सीमाको मुहानमा डुबेर कोटहीमाई– १ का २० वर्षीय युवा सन्तकुमार राजभर बेपत्ता भएका थिए।

राजभरको शव बिहीबार भेटिएको हो। सो दुर्घटनामा परेर स्थानीय २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभरको मृत्यु भएको थियो।

सो स्थानका स्थानीयले स्थापना गरेको दुर्गा मूर्ति विसर्जन गर्न बडादसैंका दिन ती युवा नदी किनारमा पुगेका थिए।

खोजीका क्रममा बिहीबार अपराह्न घटनास्थलबाट केही तल तैरिएको अवस्था शव फेला परेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी निरीक्षक राजेश बस्नेतले जानकारी दिए। रासस।

प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०  १७:५४
प्रतिक्रिया दिनुहोस्