मूर्ति विसर्जन गर्न गएका दुई युवकको डुबेर मृत्यु

बुधबार, कात्तिक ८, २०८०
honor mob  winter sales

रुपन्देही । दसैंका दिन दुर्गा मूर्ति विसर्जन गर्न घाट गएका दुई जनाको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका वडा नम्बर १ बस्ने २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभर रहेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माले जानकारी दिए। 

Honor x7 pad

सोही स्थानका २० वर्षीय सन्तकुमार राजभर अझै बेपत्ता रहेको उपरीक्षक विश्वकर्माले बताए। बेपत्ता सन्तकुमारको खोजी भैरहेको उनले बताए।

रूपन्देही कोटहीमाई गाउँपालिकामा रहेको दानव र तिनाउ नदीको संगममा मर्चवार क्षेत्रको दुर्गा मूर्तिहरू विसर्जन हुँदै आएको छ। रासस।

प्रकाशित मिति: बुधबार, कात्तिक ८, २०८०  ०६:४७
प्रतिक्रिया दिनुहोस्