नेपालगन्जको कृपा अस्पतालमा पथरी र जटिल प्रकृतिको शल्यक्रिया लेजर लिथोट्रेप्सीबाट

आइतबार, कात्तिक ५, २०८०
honor mob  winter sales

नेपालगन्ज  ।  नेपालगन्जको  कृपा अस्पताल अब जटिल प्रकृतिको शल्यक्रिया लेजर लिथोट्रेप्सीबाट शुरु गरिएको छ । कृपा अस्पतालले पश्चिम नेपालमै पहिलो पटक जटिल प्रकृतिको शल्यक्रिया गर्ने मेसिन भित्र्याएपछि नेपालगन्जमै अब त्यस्तो प्रकृतिको उपचार शुरु गरिएको हो ।

Honor x7 pad

अस्पतालले शल्यक्रियाका लागि इटलीबाट उक्त मेसिन ल्याएको जनाएको छ । यो मेसिन पश्चिम नेपालमै पहिलो हो । यसले प्रोस्टेट, ब्लड क्यान्सर, पिसाब नलीको क्यान्सर, सानो टयूमरको उपचार, मृगौला नलीभित्र, पिसाब नलीभित्रका जटिल प्रकृतिका पत्थरीहरू सहजै हटाउन सकिनेछ । 

घट्स्थापनादेखि मेसिनको प्रयोगबाट शल्यक्रिया शुरु गरिएको अस्पतालका निर्देशक डा.प्रविन कुमार गुप्ताले जानकारी दिए । यो मेसिन भित्रिएपछि अब किड्नीलाई प्वाल नै नगरी शल्यक्रिया गर्न सकिनेछ । 

शुशिल कोईराला प्रखर अस्पताल खजुराका सर्जरी बिभाग प्रमुख समेत रहनुभएका डा।गुप्ताले आरआई केएस भनिने यस प्रविधिबाट शरीरमा रहेको पत्थरीलाई सहजरुपमा धुलो बनाएर निकाल्न सकिने बताए।

डा.गुप्ताका अनुसार अब पश्चिम नेपालका बिरामीलाई काठमाण्डौं धाउन पर्दैन । "काठमाण्डौं भन्दा कम खर्चमा त्यहाँका अस्पतालमा हुने शल्यक्रिया नेपालगञ्जमै दिन शुरु गरिसकेका छौं," डा.गुप्ताले समयपत्र  भने, "जब आफ्नै घर नजिक काठमाण्डौंका ठुला अस्पतालको सेवा त्यहाँको भन्दा कम खर्चमा पाइन्छ भने राजधानी धाउनुपर्ने आवश्यकता नै छैन ।"

काठमाण्डौंभन्दा करिब ६० प्रतिशत कम खर्चमा यो सुविधा हामीले उपलब्ध गराइरहेको डा.गुप्ताले जानकारी दिए । हाल यो प्रविधि काठमाण्डौंको बीर अस्पताल लगायत चर्चित अस्पतालहरुमा मात्र प्रयोगमा रहेको छ ।

स्थानीय चिकित्सक भएकाले कृपा अस्पतालमा ३६५ दिन २४ सै घण्टा स्वास्थ्य सेवा उपलब्ध रहेको छ । अस्पतालमा हाडजोर्नी, नसारोग, स्त्रीरोगको उपचार सेवा प्रदान गर्दै आएको छ ।

 

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  १८:५०
प्रतिक्रिया दिनुहोस्