त्रिकोणात्मक टी-२० क्रिकेट: हङकङलाई ७९ रनले हराउँदै नेपाल फाइनलमा

शनिबार, कात्तिक ४, २०८०
honor mob  winter sales

काठमाडौं । नेपाल त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलाको फाइनलमा पुगेको छ। आज बिहान भएको खेलमा नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रेको हङकङ ७९ रनले पराजित भएको छ।

Honor x7 pad

हङकङलाई पराजित गर्दै नेपाल एक खेल बाँकि छ्दै फाइनलमा पुगेको हो।

हङकङले  २०  ओभरमा   ८   विकेट गुमाउँदै  १३४  रन बनायो। हङकङका लागि  अन्शे राठले  सर्वाधिक ४५  रन बनाए। 

त्यस्तै नेपालका  सोमपाल कामी , ललित राजवंशी र  करन केसीले समान २-२ र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए।

टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनायो ।  नेपालका लागि कुशल मल्लले ९२ र दीपेन्द्र सिंह ऐरीले ५७ रन बनाएका थिए।

हङकङका लागि मोहम्मद गजानफर र हारुन अरसदले समान २-२ विकेट र आयुस शुक्ला, ऐजाज खान र एसान खानले समान १-१ विकेट लिएका थिए।

 

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  १४:३०
प्रतिक्रिया दिनुहोस्