लाओसलाई हराउँदै नेपाल विश्वकप छनौटको दोस्रो चरणमा

मंगलबार, असोज ३०, २०८०
honor mob  winter sales

काठमाडौं । विश्वकप फुटबल छनोट अन्तर्गत नेपाल एसिया छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । मंगलबार दोस्रो लेगको खेलमा घरेलु टोली लाओसलाई पराजित गर्दै नेपाल दोस्रो चरणमा पुगेको हो । 

Honor x7 pad

घरेलु दशरथ रंगशालाको मैदानमा पहिलो लेगको खेलमा १–१ गोलको बराबरीमा चित्त बुझाएको नेपालले दोस्रो लेगमा लाओसको मैदानमा १–० ले हराउँदै नेपाल समग्रमा २–१ को नतिजा सहित दोस्रो चरण प्रवेश गरेको हो । 

नेपालको जितमा मनिष डाँगीले विजयी गोल गरे। अन्जन विष्टको पासलाई सदुपयोग गर्दै मनिषले ५३ औँ मिनेटमा नेपालका लागि निर्णायक गोल गरेका थिए । 

नेपालका लागि डिफेन्डर अमृत श्रेष्ठले राष्ट्रिय टिमबाट डेब्यु गरे । प्रशिक्षक भिसेन्जो एनिसले श्रेष्ठलाई सेन्टर फरवार्डको रुपमा खेलाएका थिए। 

नेपाल अहिलेसम्म लाओससँग अपराजित रहँदै आएको छ ।

नेपालले अब दोस्रो चरणमा समूह एचमा रहेका बहराइन र यूएई तथा यमन र श्रीलंकाबीचको विजेतासँग छनोट होम एण्ड अवेका आधारमा खेल्नेछ । 

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  २०:५६
प्रतिक्रिया दिनुहोस्