विराटनगरमा युवतीमाथि सामुहिक बलात्कार, ट्रक चालकसहित तीन पक्राउ

सोमबार, असोज २९, २०८०
honor mob  winter sales

विराटनगर ।  विराटनगरमा २५ वर्षीया एक जना युवतीमाथि सामूहिक बलात्कार भएको छ। प्रहरीले बलात्कारको आरोपमा तीन जना यातायात मजदुरलाई पक्राउ गरेको छ।

Honor x7 pad

पीडित युवतीले दिएको जाहेरीका आधारमा बलात्कार घटनामा संलग्न रहेको आरोपमा धनुषाको मिथिला बिहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुली घर भएका १६ वर्षीय एक बालकलाई पक्राउ गरेको  मोरङ प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका तीन जना मध्ये तामाङ प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकका चालक र चौहान सहचालक हुन्। त्यस्तै १६ वर्षीय बालक अर्को ट्रकमा काम गर्ने सहचालक रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले ती युवतीलाई विराटनगर महानगरपालिका–३ मा गए राति बलात्कार भएको जनाएको छ।

घटनामा संलग्नहरु भएका तीन जनाले गए राति  सीटी सफारी चढेर यात्रा गरिरहेकी ती युवतीलाई ललाइफकाइ गरी ट्रक पार्किङ गरेको स्थानमा पुर्‍याएर सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ। 

स्थानीयहरुले पीडित युवती कराएको आवाज सुनेपछि घटनाको बारेमा जानकारी पाए लगत्तै  प्रहरीलाई खबर गरेका थिए। 

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १३:२२
प्रतिक्रिया दिनुहोस्