ललिता निवास जग्गा प्रकरण: पूर्वमहानिर्देशक श्रेष्ठ पनि पक्राउ

बुधबार, असार २७, २०८०
honor mob  winter sales

काठमाडौं  ।  प्रहरीको केन्द्रीय अनुसार ब्यूरो (सिआईबी)ले ललिता निवास जग्गा प्रकरणमा भूमिसुधार तथा व्यवस्था विभागका पूर्वमहानिर्देशक रुद्रप्रसाद श्रेष्ठलाई पनी  पक्राउ गरेको छ।

Honor x7 pad

सिआईबीले श्रेष्ठलाई मंगलबार साँझ काठमाडौँबाट  पक्राउ गरेको जनाएको छ।

वि.सं. २०४९ मा श्रेष्ठ भूमि विभागमा शाखा अधिकृत हुदा सरकारी जग्गा व्यक्तिका नाममा हुने गरी हालसाविक गर्न टिप्पणी उठाएको पाइएको प्रहरीले जानकारी दिएको छ । 

पछि उनले महानिर्देशकबाट अवकाश पाएका थिए । श्रेष्ठले उठाएको टिप्पणीकै आधारमा तत्कालीन भोगाधिकारी सुवर्ण शमशेर राणाका परिवारले २०४९ सालमा ११२ रोपनी ४ आना जग्गा हडपेका थिए ।

सिआईबीले  तत्कालीन उपसचिव बालकृष्ण श्रेष्ठलाई मंगलबार पक्राउ गरिसकेको छ।

 

 

 

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  ०७:२१
प्रतिक्रिया दिनुहोस्