तिनकुने सामुहिक हत्याकाण्डका अभियुक्त पुर्पक्षकाका लागि जेल चलान

शुक्रबार, असोज २६, २०८०
honor mob  winter sales

काठमाडौं । गत भदौ २९ काठमाडौँको तीनकुनेमा  भएको ४ जनाको सामूहिक हत्याकाण्डका अभियुक्त सञ्जय भण्डारी पुर्पक्षका लागि आज कारागार चलान भएका छन्।

Honor x7 pad

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ९ घर भएका २३ वर्षीय भण्डारीलाई प्रहरीले घटनाको दुई दिनपछि ३२ भदौमा पक्राउ गरेको थियो। 

काठ मिलमा गेटपालेको काम गर्ने ५६ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अन्दाजी ५२ वर्षकी अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीय सुभद्रा भुजेल र सोही स्थानमा काम गर्ने मोरङ बेलबारी स्थायी ठेगाना भएका २० वर्षीय नवीन राईको हत्या भएको थियो।

प्रहरीसँगको बयानमा उनले मोटरसाइकलले ठक्कर दिई फरार भएपछि त्यसको बदला लिन एक व्यक्तिको हत्या गर्ने योजना बनाएको तर घटना गराउँदा घटनास्थलमा आइपुगेकाले अन्य तीन जनाको खुकुरी प्रहार गरी हत्या गरेको स्वीकारेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १७:५०
प्रतिक्रिया दिनुहोस्