नेपालगञ्जमा आगलागी, सात पसल जलेर नष्ट

शुक्रबार, असोज २६, २०८०
honor mob  winter sales

बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकास्थित वीपीचोकमा आज बिहान आगलागी हुँदा सात पसलमा क्षति भएको छ ।

Honor x7 pad

विद्युत् चुहावट भइ आगलागी हुँदा आलिया ट्रेडर्स, शादिया फर्निचर, शरीके फर्निचरलगायतका पसलमा सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार सामान अधिकांश जलेर नष्ट भएको छ, क्षतिको विवरण सङ्कलन भइरहेको छ।

नेपालगञ्ज उपमहानगरपालिकाको दमकल शाखा प्रमुख झइनबहादुर खडकाले नियन्त्रणमा ल्याउन दुई घण्टा लागेको बताउनभयो । आगो निभाउन उपमहानगरपालिकाको तीन र कोहलपुर नगरपालिकाको एउटा दमकल प्रयोग गरिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  ०९:२०
प्रतिक्रिया दिनुहोस्