बाँकेका एसपी राठौर हेडक्वाटर तानिए, बाँकेको नयाँ एसपीमा सुवास बोहरा

बिहीबार, असोज २५, २०८०
honor mob  winter sales

काठमाडौं । बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्य गृह मन्त्रालय तानिए लगत्तै बाँके प्रहरी  प्रमुख एसपी सन्तोषसिंह राठौर पनि हेडक्वाटर तानिएका छन् ।

Honor x7 pad

प्रहरी प्रधान कार्यालय एसपी राठौरको स्थानमा सुवासचन्द्र बोहरालाई बाँके प्रहरी प्रमुख बनाएर पठाएको छ। त्यस्तै सर्लाहीमा पनि नयाँ प्रहरी प्रमुख पठाएको छ।

सर्लाहीमा एसपी प्रवीण धिताललाई पठाइएको छ।  प्रहरी प्रधान कार्यालयले सर्लाही एसपी नरेशराज सुवेदीलाई पनि तानेको हो।

बाँकेको नेपालगञ्जमा धार्मिक विषयलाई लिएर तनाव सिर्जना हुँदा प्रहरीले चित्तबुझ्दो कार्य नगरेको भन्दै एसपी राठौर तानिएका हुन् । 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  २१:०४
प्रतिक्रिया दिनुहोस्