लूटेरा समात्न प्रहरीले काठमाडौंमा चलायो २ राउन्ड गोली, एक जना घाइते

बिहीबार, असोज २५, २०८०
honor mob  winter sales

काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा प्रहरीले गोली चलाएको छ। 

Honor x7 pad

गोकर्णेश्वर-३ जगडोलमा प्रहरीले लुटेरा समूहलाई नियन्त्रणमा लिन दुई राउन्ड गोली चलाएको हो।

तीन वटा मोटरसाइकल चढेर आएको लुटेरा समूहको पिछा गरेको प्रहरीको टोलीमाथि आक्रमण गर्न हतियार झिकेपछि प्रहरीले आत्मरक्षाका लागि फायरिङ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। 

प्रहरीको गोली लागेर सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर २ घर भएका ३६ वर्षीय अमर घलान घाइते भएका छन् । उनको नेपाल मेडिकल कलेजमा उपचार भइरहेको छ।

प्रहरीले अन्य तीन जनालाई नियन्त्रणमा लिएको छ। उनीहरुको साथबाट प्रहरीले एउटा पेस्तोल र सात राउन्ड गोली बरामद गरेको छ।घटना बारे  थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ। 

 

 

 

 

 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १४:३२
प्रतिक्रिया दिनुहोस्