बुलन्दपुरबाट पौने १३ लाखको भन्सार छलीका कपडा बरामद

बुधबार, असोज २४, २०८०
honor mob  winter sales

पश्चिम नवलपरासी। पश्चिम नवलपरासीस्थित सरावल गाउँपालिका- ७ बुलन्दपुरबा प्रहरीले पौने १३ लाख रुपैयाँ बढीको अवैध लत्ताकपडा बरामद गरेको छ।

Honor x7 pad

आज बिहान ५ बजे इलाका प्रहरी कार्यालय महेशपुरबाट प्रहरी निरीक्षक फल बहादुर तामाङको कमाण्डको टोलीले भारतबाट तस्करी गरेर ल्याउँदै गरिएको १२ लाख ७० हजार ४ सय रुपैयाँ बराबरका लेडिज तथा जेन्सका लत्ताकपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।

बिहानको समयमा गस्तीमा गएको प्रहरी टोलीलाई तस्करहरुले देखेपछि सबै अवैध लत्ताकपडा फालेर फरार भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार बरामद गरिएका अवैध लत्ताकपडामा  जयपुरी साडी, जयपुरी सुट, रेडिमेट लेडिज कपडा ,जेन्स कुर्ता लगायत सबै रेडिमेट कपडा रहेका छन् ।

पश्चिम नवलपरासी प्रहरीले बरामद गरेको सबै अवैध लत्ताकपडालाई महेशपुत भन्सार कार्यालय बुझाएको जनाएको छ।

 

 

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १२:४२
प्रतिक्रिया दिनुहोस्