बानेश्वरस्थित बागमती किनारमा एक युवक मृत भेटिए

बुधबार, असोज २४, २०८०
honor mob  winter sales

काठमाडौँ । काठमाडौँको बागमती नदी किनारमा एक जना युवकको शव फेला परेको छ।

Honor x7 pad

काठमाडौं -३१ बानेश्वर तरकारी बजार पछाडि बिहान ६ बजे बागमती किनारको झाडिमा ओखलढुंगा घर भई हाल बुद्धनगर बस्ने २० वर्षीय विमल महराको शव फेला परेको नयाँ बानेश्वर प्रहरी वृत्तले बताएको छ। प्रहरीले महराको शव बागमती नदी किनार नजिकको  झाडीमा फेला परेको जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा घटनास्थलमा रगत र सिरिन्ज भेटिएपछि मृतक लागूऔषध प्रयोगकर्ता भएको थाहा भएको छ ।

नयाँ बानेश्वर प्रहरी वृत्तले घटनाबारे थप अनुसन्धान भइरहेको  जानकारी दिएको छ। महराको शवलाई पोष्टमार्टमका लागि महाराजगन्ज पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १०:०३
प्रतिक्रिया दिनुहोस्