Dashain Banner
Dashain Banner

दाङमा तेस्रो सिटी कप पालिका स्तरिय खुला पुरुष भलिबल हुँदै

बुधबार, असोज २४, २०८०

लक्ष्मण बस्नेत/ दाङ । दाङको शान्तिनगरमा तेस्रो सिटी कप खुला पुरुष भलिबल प्रतियोगिता २०८० हुने भएको छ ।

सिटी युथ क्लब शान्तिनगर वडा नं. ६ र ७ को आयोजनामा श्री शिव शक्ति माबी धनौरीमा सन्चालन हुने भलिबल असोज २७ गते देखि सुरु हुने भएको हो।

प्रतियोगिताको शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले उद्घाटन गर्ने कार्यक्रम तय भएको प्रतियोगिता सन्चालन  समितिका संयोजक आनन्द बुढाथोकीले जानकारी दिएका छन् ।

३  दिन सम्म हुने प्रतियोगितामा दाङ जिल्लाका १० पालिका भित्रका झन्डै १२ बढी टिमको सहभागिता रहने भएको छ ।

प्रतियोगिताको उपाधी जित्ने टिमले नगद ८५ हजार प्राप्त गर्नेछ भने दोश्रो र तेस्रो हुनेले क्रमशः ५० र २५ हजार पाउने छन् ।

प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी मध्य व्यक्तिगत बिधा तर्फ सर्वोउत्कृट हुने खेलाडी लाई नगद २ हजार ५, अन्य बिधामा नगद १ हजार ५ सयका साथमा ट्रफी प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

 

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  ०९:०८
प्रतिक्रिया दिनुहोस्