तुलसीपुर पूर्ण खोप सुनिश्चितता घोषणा

मंगलबार, असार २६, २०८०
honor mob  winter sales

तुलसीपुर । आज तुलसीपुर उपमहानगरलाई पुर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । आज जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले पुर्ण खोप सुनिश्चितता पालिका घोषणा गरेका हुन ।

Honor x7 pad

शर्माले खोप कार्यक्रम नेपाल सरकारको प्राथमिकतामा रहेको हुदाँ बालबालिकाको उज्वल भविष्यका लागि पनि अभिभावक संम्वेदनशिल बन्नुपर्ने बताए । उनले बच्चा जन्मिने क्रम निरन्तर भएजस्तै खोप कार्यक्रमलाई पनि निरन्तर रुपमा सञ्चालन गर्नुपर्ने बताए ।

दाङ जिल्लामा हालसम्म ५ वटा पालिका पुर्ण खोप सुनिश्चित पालिका घोषणा भैसकेको र अन्य पालिका सुनिश्चित हुने अन्तिम तयारीमा रहेको समेत शर्माले बताए।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख ओप प्रकाश न्यौपानेले खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको बताए ।

उनका अनुसार यस वर्ष तुलसीपुरका १९ वटै वडाका १८ वटा स्वास्थ्य संस्था,६० वटा खोप केन्द्रबाट ७४ सेशनमा खोप कार्यक्रम सञ्चालन गरिएको थियो । जसबाट १४ हजार ५ सय ९३ जना बालबालिकाहरुलाई खोप प्रदान गरिएको थियो ।

पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गर्नुअघि तुलसीपुर उपमहानगरपालिका भित्र रहेका प्रत्येक घरधुरीमा स्वास्थ्यकर्मीहरू पुगेर पूर्ण खोप सुनिश्चितताको लागि घरधुरी सर्वेक्षण गरिएको बताए । सर्वेक्षणको क्रममा वडा नम्बर ५ मा बाहिरबाट आएको मुश्लिम समुदायको कुनैपनि खोप नलगाएको एक जना मात्र बच्चा फेला परेको प्रमुख न्यौपानेले बताए ।

त्यस्तै उनले सर्वेक्षणका क्रममा तुलसीपुरका विभिन्न वडाका गरी ३२ जनाले आशिक खोप लगाएको पाइएको पनि बताए । तुलसीपुरका ८ स्वास्थ्य स्वास्थ्यचौकी,११ वनगरस्वास्थ्य केन्द्र,२ सामुदायीक स्वास्थ्य इकाई,१ नगर अस्पताल,१ प्रादेशिक अस्पताल, २ निजि अस्पताल गरि २५ वटा स्वास्थ्य संस्थाबाट खोप कार्यक्रम सञ्चालन हुदैँ आएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खोप समन्वय समिति दाङका फोकल पर्सन किसोर आचार्यले स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको खोपहरु नियमित रुपमा लगाउन सकेमा बालबालिकालाई विभिन्न रोगहरुबाट बचाउन सकिने बताए ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरी,राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपाने लगाएतले खोप कार्यक्रम एक्लैले मात्र सम्भव नहुने हुदाँ सबैको साथ सहयोग एकताका अगाडी बढ्न सके यस्ता खालका कार्यक्रमहरु सफल हुने बताए ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १८:५१
प्रतिक्रिया दिनुहोस्