सुन्धाराको गेस्ट हाउसमा इमाडोलकी एक युवती मृत फेला, प्रेमी पक्राउ

मंगलबार, असोज २३, २०८०
honor mob  winter sales

काठमाडौं । काठमाडौंको सुन्धारामा रहेको एक गेस्ट हाउसमा महिलाको शव फेला परेको छ।काठमाडौं-११ सुन्धारास्थित श्रीगुरु गेस्ट हाउसमा १७ वर्षीया युवती मृत अवस्थामा फेला परेको प्रहरी वृत्त जनसेवाले जनाएको छ। 

Honor x7 pad

ललितपुरस्थित इमाडोल नगरपालिकामा घर भएर असोज ८ गतेदेखि प्रेमीसँग उक्त  गेस्ट हाउसमा बस्दै आएकी ती युवती  मृत फेला परेको प्रहरीले जानकारी दिएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा युवतीले आत्महत्या गरेको हुनसक्ने देखिएको जनाएको छ। घटनास्थलबाट प्रहरीले एउटा विषको बट्टा पनि बरामद गरेको छ। प्रहरीले उनका प्रेमीलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार सँगै बसिरहेका उनीहरुसँग तीन दिनअघि पैसा सकिएपछि पैसा लिन भनेर गएका प्रेमी सोमबार बिहान आएर ढोका ढकढक्याउँदा प्रेमीकाले ढोका नखोलेपछि गेस्ट हाउसका संचालकले प्रहरीलाई खबर गरेको थियो।

प्रहरीले मृत शवलाई पोष्टमार्टमका लागि महाराजगन्जस्थित टिचिङ अस्पताल पठाएको छ भने पोष्टमार्टम र भिसेरा जाँचपछि मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ  ।

युवतीका परिवारले प्रेमीविरुद्द आत्महत्या दुरुत्सान मुद्दामा जाहेरी दिएको प्रहरीले बताएको छ। घटना बारे थप अनुसन्धान सुरु गरिसकेको प्रहरीले जनाएको छ।

 

 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १६:१५
प्रतिक्रिया दिनुहोस्