सर्वोच्चले दियो बालेनलाई आफै तारिख बोक्ने आदेश

मंगलबार, असार २६, २०८०
honor mob  winter sales

काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन ) लाई सर्वोच्च अदालतले वारेस राख्ने अनुमति दिन अस्वीकार गरेको छ। 

Honor x7 pad

अदालतको अवहेलना मुद्दा खेपिरहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आज वारेस राख्न दिएको निवेदनलाई सर्वोच्चले खारेज गर्दै आफै तारिक खेप्न आदेश दिएको हो।

न्यायाधीश ईश्वर खतिवडा र हरि फुयाँलको इजलासले बालेनको निवेदनमाथि अनुमति नहुने भन्दै आफै तारिक बोक्न आदेश दिएका हुन् ।

मेयर बालेनले अब आफै सर्वोच्चमा तारिख बोक्नेछ्न्।

 

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १८:४४
प्रतिक्रिया दिनुहोस्