लुम्बिनीका अर्थमन्त्री सवार गाडी दाङको सितलपुरमा दुर्घटना

सोमबार, असोज २२, २०८०
honor mob  winter sales

दाङ । लुम्बिनी सरकारका अर्थमन्त्री धनबहादुर मास्की सवार गाडी दुर्घटना भएको छ।

Honor x7 pad

तुलसीपुरबाट लालमटिया जान लागेका अर्थमन्त्री मास्की सवार सवार लु १ झ ७३८ नम्बरकोे गाडी तुलसीपुर-१२ स्थित सितलपुरमा  दुर्घटनामा परेको तुलसीपुर प्रहरीले जनाएको छ।

तुलसीपुरबाट अमेलिया हुँदै लालमटियास्थित   मन्त्रालय तर्फ जाँदै गरेको गाडी दुर्घटनामा परि अर्थमन्त्री मास्की, स्वकीय सचिव शम्भु पौडेल, पिएसो मनबहादुर थिडी, चालक मनबहादुर बंशी मगर सामान्य घाइते भएका छन् ।

अर्थमन्त्रीसहित सबै चारै जना घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको तथा सबैको अवस्था सामान्ने रहेको प्रहरीले जानकारी दिएको छ ।

सितलपुर घुम्तीमा स्कुले बच्चा जोगाउनका लागि चालकले गाडी खाडलमा हाल्नु परेको पौडेलले जानकारी दिए । बिद्यालय छुट्टी पछि दौडिएर घर तर्फ जान थालेका एक जना बालकलाई जोगाउनका लागि चालकले गाडी झाडी युक्त खाल्डोमा हालेको पौडेलले जानकारी दिए ।

स्वकीय सचिव पौडेलका अनुसार उनको खुट्टा चोटका कारण सुन्निएको छ । त्यस्तै चालकलाई टाउकोमा र पिएसोलाई पनि हात खुट्टामा सामान्ने चोट रहेको छ । अर्थमन्त्री मास्कीलाई पनि हात खुट्टामा समान्ने चोट पटक रहेको स्वकीय पौडेलले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १८:३०
प्रतिक्रिया दिनुहोस्