बाटो मर्मत गर्ने क्रममा जेसीबी पुरिँदा चालकको मृत्यु

सोमबार, असोज २२, २०८०
honor mob  winter sales

पाल्पा ।  बाटो मर्मत गर्ने क्रममा सुक्खा पहिरोले जेसीबी पुरिँदा चालकको मृत्यु भएको छ । 

Honor x7 pad

पाल्पाको रामपुर नगरपालिका–१० बर्दलेबाट टोक्सेतर्फ जाने भित्री सडक खण्ड मर्मत गर्दै गरेको बा२क १९५७ नम्बरको जेसीबी टोक्से भन्ने स्थानमा सडकमाथिबाट अचानक सुक्खा पहिरो झर्दा जेसीबी चालक दाङ शान्तिनगर गाउँपालिका–१ का ३० वर्षीय धनवीर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनालगत्तै प्रहरी चौकी हुँगी र इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरी टोलीले घाइते खड्काको उद्धार गरी उपचारका लागि मिसन अस्पताल पाल्पा पठाएकामा उपचारकै क्रममा गए राति घाइते खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १०:१९
प्रतिक्रिया दिनुहोस्