आजदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुला

सोमबार, असोज २२, २०८०
honor mob  winter sales

काठमाडौं । दसैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ।

Honor x7 pad

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात् आगामी आजदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले जानकारी दिएका छन् ।

व्यवसायीले गाडी भाडा नबढाए बुकिङ नखोल्ने अडान राख्दै आएपनि मन्त्रालयमा भएको छलफलमा व्यवसायीले पुरानै भाडामा अग्रिम टिकट खुल्ला गर्न सहमत भएका हुन्।

पुरानै भाडा कायम गरेर दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको हो। काठमाडौंबाट लाखौं यात्रु उपत्यका बाहिर जाने हुँदा काठमाडौं बसपार्कमा टिकट खरिद गर्न उचित व्यवस्थापन गरिएको छ।

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  ०८:१८
प्रतिक्रिया दिनुहोस्