जनकपुर बिग मार्टमा आगलागी, १० करोड बढीको क्षति

आइतबार, असोज २१, २०८०
honor २२ sept

जनकपुर। जनकपुरस्थित जनकपुर बिग मार्टमा भीषण आगलागी भएको छ। जनकपुर उपमहानगरपालिका-९ रामानन्द चोकमा रहेको बिग मार्टमा गए राति ११ बजे लागेको आगोका कारण १० करोड बढीको क्षति भएको प्रहरीले जानकारी दिएको छ।

X7D

गए राति लागेको आगो आज बिहान जनकपुरधाम उपमहानगरपालिका लगायत अन्य पालिकाको बारुणयन्त्र, प्रहरी, सशस्त्र स्थानीयलगायतको सहयोगमा नियन्त्रण आएको धनुषा प्रहरीले जनाएको छ।

आगलागीबाट मार्टमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको छ भने घरमा पनि क्षति पुगेको प्रहरीले जानकारी दिएको छ। मार्टको।दोस्रो तलामा सुतेका सञ्चालक रामबाबु राय र उनकी श्रीमतीले भागेर ज्यान जोगाएका छन् । 

आगलागी घटना बारे अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  ०८:२१
प्रतिक्रिया दिनुहोस्