तुलसीपुरमा श्रीमान श्रीमती घरभित्र मृत अवस्थामा भेटिए

शनिबार, असोज २०, २०८०
honor mob  winter sales

दाङ । दाङको तुलसीपुरमा श्रीमान श्रीमती मृत फेला परेका छन् । आज  तुलसीपुर-९ बेलुवामा भाडामा बस्दै आएका अन्दाजी २५ वर्षीय सुशिल भण्डारी र  २१ वर्षीया पवित्रा डाँगी भण्डारीको मृत अवस्थामा शब फेला परेको प्रहरीले जनाएको छ ।

Honor x7 pad

सुशिलको शव झुण्डिएको अवस्थामा र पवित्राको शव वेडमा फेला परेको हो । पवित्राको टाउकोमा चोट र नाक, मुखबाट रगत निस्किएको प्रहरीले जानकारी दिएको छ ।

सल्यान त्रिवेणी गाउँपालिका- ४ फलाबाङ घर भइ हाल उनीहरु डेढ महिना पहिले विवाह गरेर बेलुवामा कोठा भाडामा लिइ मजदुरी काम गर्दै आएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

प्रहरीका अनुसार श्रीमान श्रीमती विगत दुई दिनदेखि कोठा बाहिर ननिस्किएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । आज बिहान  प्रहरी निरीक्षक केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले ढोका खोल्दा एक जनाको शव झुण्डिएको अवस्थामा र एक जनाको शव वेडमा फेला पारेको बताएको छ। 

श्रीमानले श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या गरेको प्रहरीको आशंका छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ ।

 

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १६:४९
प्रतिक्रिया दिनुहोस्