एसियन गेम्स: नेपालले एक स्वर्ण वा रजत पदक जित्ने पक्का

शनिबार, असोज २०, २०८०
honor mob  winter sales

काठमाडौं । चीनमा जारी १९ औं एसियायी खेलकुद अन्तर्गत नेपालले एउटा स्वर्ण अथवा रजत पदक जित्ने पक्कापक्की भएको छ।

Honor x7 pad

नेपालकि एरिका गुरुङ ६८ केजी तौल समूहको कराँतेको फाइनलमा स्थान पक्का गरेसँगै नेपालको रजत पदक पक्का भएको हो।

हाङझाउमा जारी खेलकुदमा गुरुङले सेमिफाइनलमा  हङकङकी हो काइ यानलाई ८-४ अंकले पराजित गरिन्। त्यस्तै  क्वार्टरफाइनलमा जापानकी खेलाडीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाइन्। जापानकी युजुकीसँग १-१ अंकको बराबरी भएको थियो। त्यसपछि पहिलो अंक एरिकाले लिएका कारण उनी सेमिफाइनल पुगिन्।

उनले अब स्वर्णका लागि काजकिस्तानकी सेफ्या बेलुरुसेभासँग प्रतिस्पर्धा गर्दैछिन्। एरिका व्यक्तिगत स्पर्धामा कम्तिमा रजत जित्ने नेपालकी दोस्रो खेलाडी हुन्। यसअघि  नेपालका लागि एसियाली खेलकुदमा पहिलो रजत जित्ने सविता राजभण्डारीले १९९८ बैंकक एसियाली खेलकुदमा तेक्वान्दोबाट जितेकी थिइन्। 

यसअघि यस १९ औं एसियाली खेलकुदमा कबडडीमा कास्य पदक जितिसकेको छ।

 

 

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १५:५८
प्रतिक्रिया दिनुहोस्