नवलपरासीको भैंसी बजारबाट गाडीसहित २७ क्विन्टल चीनी प्रहरीको नियन्त्रणमा

शनिबार, असोज २०, २०८०
honor mob  winter sales

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीस्थित भैंसी बजारबाट प्रहरीले गाडीसहित २७ क्विन्टल अवैध चीनी बरामद गरेको छ।

Honor x7 pad

नवलपरासको गोवरहियाबाट खटिएको नेपाल  प्रहरीको टोलीले आज बिहान साढे ३ बजे रामग्राम नगरपालिका-८ स्थित भैंसी बजारबाट लु ३ च ४९६६ नम्बरको पिकअप भ्यानसहित ५४ बोरा अवैध चीनी बरामद गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जानकारी दिएको छ।

भैंसी बजारबाट दक्षिणदेखि उत्तरतर्फ जाँदै गरेको उक्त पिकअप भ्यानका चालकले प्रहरीलाई देख्नासाथ चावीसहित गाडीलाई छोडेर फरार भएपछि प्रहरीले जाँच गर्दा उक्त २७ क्विन्टल अवैध चीनी फेला पारेको जनाएको छ।

प्रहरीका अनुसार बरामद गरिएको उक्त चीनीको मूल्य १ लाख २९ हजार ६ सय रुपैयाँ र १० लाखको पिकअप भ्यानलाई आबश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी पश्चिम नवलपरासीले जानकारी दिएको छ।

 

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १३:४७
प्रतिक्रिया दिनुहोस्