सोमबारदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ

शनिबार, असोज २०, २०८०
honor mob  winter sales

काठमाडौं । दसैँका लागि यही असोज यही सोमबारबाट अग्रिम टिकट बुकिङ खुल्ला गरिने भएको छ।

Honor x7 pad

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात् आगामी सोमबारदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले जानकारी दिए।

व्यवसायीले गाडी भाडा नबढाए बुकिङ नखोल्ने अडान राख्दै आएपनि मन्त्रालयमा भएको छलफलमा व्यवसायीले पुरानै भाडामा अग्रिम टिकट खुल्ला गर्न सहमत भएका हुन्।

पुरानै भाडा कायम गरेर दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको हो।

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  ०९:४६
प्रतिक्रिया दिनुहोस्