एसियन गेम्स: नेपालले कबड्डीमा जित्यो कास्य पदक

शुक्रबार, असोज १९, २०८०
honor mob  winter sales

काठमाडौं । नेपालले चीनमा जारी १९ औं एसियाली खेलकुदमा एउटा कास्य पदक हात पारेको छ।

Honor x7 pad

आज बिहान भएको खेलमा नेपाली महिला कबड्डीको टोली सेमिफाइनलमा भारतसँग पराजित हुँदै कास्य पदक जितेको हो।

नेपाल भारतसँग ६१-१७ ले पराजित भएको हो। खेलको नियमअनुसार कबड्डीमा सेमिफाइनलमा पराजित हुने दुवै टिमले कास्य पदक पाउने प्रावधान रहेको हुँदा नेपालले कास्य पदक जितेको हो।

नेपालले आफ्मो समूह चरणको खेलमा बंगलादेशलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो। नेपालले हालसम्म एसियायी खेलकुदमा कबड्डीमा मात्र एक पदक जित्न सफल भएको छ।

 

 

 

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  ०९:२४
प्रतिक्रिया दिनुहोस्