नवलपरासीबाट साढे १० लाख बढीको टयाक्टरसहित चामल बरामद

बिहीबार, असोज १८, २०८०
honor mob  winter sales

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीमा प्रहरीले  अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउदै गरिएको ठुलो परिमाणको चामलसहित टयाक्टर नियन्त्रणमा लिएको छ।

Honor x7 pad

जिल्लाको बेलाटारीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्याम प्रकाश यादवको कमान्डमा गएको टोलीले आज प्रतापपुर गाउँपालिका- ६ मोतीपुर केराघारीबाट  भन्सार छली गरि ल्याउदै गरिएको १ लाख ५३ हजार ९ सय रुपैयाँ बराबरको ५४ बोरा चामल बरामद गरेको नवलपरासी प्रहरीले जानकारी दिएको छ।

प्रहरीले चामल तस्करीमा प्रयोग गरिएको भारतीय नम्बरको स्वराज ९६३एफइ टयाक्टरलाई समेत नियन्त्रणमा लिएको जनाएको छ। 

प्रहरीले नियन्त्रणमा लिएको चामलसहित ९ लाख रुपैयाँ बराबरको ट्रलीसहितको टयाक्टर  गरि १० लाख  ५३ हजार  ९ सय रुपैयाँ बराबरको सामाग्रीलाई आबश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाइएको जनाएको छ।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  २०:५२
प्रतिक्रिया दिनुहोस्