केही कर्मचारीको कमिसन मोहले दाङको बजेट अर्कैतर्फ मोडेको भन्दै सांसद गिरीले गराए ध्यानाकर्षण

बिहीबार, असोज १८, २०८०
honor mob  winter sales

भोला खड्का/काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले केही कर्मचारीको कमिसन मोहले एक ठाउँको बजेट अर्कै तर्फ रकमान्तरण गर्न लागेको भन्दै आपत्ति जनाएका छन् ।

Honor x7 pad

आजको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गिरीले दाङस्थित घोराही-रतनपुर-बिजौरी-खाद्रे-रक्षाचौर- बासगजेरी-रक्षाचौर सडकको कालोपत्रे समेतको सडकमा विनियोजन भएको १४ करोड ४० लाख रुपैयाँलाई केही कर्मचारीहरूले कमिसनको खेलमा अर्कै सडकमा बजेट रकमान्तरण गर्न लागेकोअनैतिक कार्यप्रति आक्रोश पोखेका हुन् ।

शहरी विकास मन्त्रालयबाट आफ्नो अथक प्रयासमा  दङ्गाली जनताको विकासका लागि आर्थिक वर्ष २०८०-८१ को वार्षिक कार्यक्रम अन्तर्गत रातो किताबमै  छुट्याइएको उक्त १४ करोड ४० लाख रुपैयाँ कमिसनको लोभले अर्कै सडकमा रकमान्तरण गर्न लागेको गलत कार्य घोर आपत्ति प्रकट गर्दै सांसद गिरीले सरकारलाई ध्यानाकर्षण समेत गराएका छन् ।

उनले त्यस्ता कमिसन खोर केही कर्मचारीले दङ्गाली जनतामाथि गर्न खोजेको सुशासन विरोधी र गैरकानुनी कार्यहरू बन्द गर्नुपर्ने भन्दै सरकारसँग माग गरेका छन् ।

साथै सांसद गिरीले नेपाली क्रिकेट खेलाडीहरुले एसियन गेम्सको टी-२० मा देखाएको उत्कृष्ट प्रदर्शनप्रति सबै नेपाली खेलाडीहरुलाई बधाई दिएका छन् । विश्वकै उत्कृष्ट खेलाडीहरुको टी-२० को  रेकर्ड टोड्दै नेपालका कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले नेपालको शीर संसारसामु झनै उचो बनाएकोमा त्यस्ता खेलाडीहारुलाई दिलदेखि नै विशेष आभार प्रकट गर्दै उनले धन्यवाद दिएका थिए।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १७:१८
प्रतिक्रिया दिनुहोस्