Dashain Banner
Dashain Banner

चीनबाट फर्कियो नेपाली क्रिकेट टोली

बिहीबार, असोज १८, २०८०

काठमाडौं । चीनबाट नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ। 

१९ औं एसियाली खेलकुदमा क्वाटरफाइनलमा पराजित भएपछि नेपाली टोली आज बिहान साढे ११ बजे स्वदेश फर्किएको हो।

चीनबाट फर्किएको नेपाल क्रिकेट संघका पदाधिकारीले क्रिकेट खेलाडीहरूलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए।

नेपाल एसियाली खेलकुदको क्वार्टरफाइनलमा भारसँग २३ रनले पराजित भएको थियो। नेपालले समूह चरणमा मंगोलिया र  माल्दिभ्सलाई पराजित गर्दै क्वाटरफाइनलमा पुगेको थियो।

 

 

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १४:०८
प्रतिक्रिया दिनुहोस्