चीनबाट फर्कियो नेपाली क्रिकेट टोली

बिहीबार, असोज १८, २०८०
honor mob  winter sales

काठमाडौं । चीनबाट नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ। 

Honor x7 pad

१९ औं एसियाली खेलकुदमा क्वाटरफाइनलमा पराजित भएपछि नेपाली टोली आज बिहान साढे ११ बजे स्वदेश फर्किएको हो।

चीनबाट फर्किएको नेपाल क्रिकेट संघका पदाधिकारीले क्रिकेट खेलाडीहरूलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए।

नेपाल एसियाली खेलकुदको क्वार्टरफाइनलमा भारसँग २३ रनले पराजित भएको थियो। नेपालले समूह चरणमा मंगोलिया र  माल्दिभ्सलाई पराजित गर्दै क्वाटरफाइनलमा पुगेको थियो।

 

 

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १४:०८
प्रतिक्रिया दिनुहोस्