Dashain Banner
Dashain Banner

नेपाली महिला फुटबल टोली बंगलादेशमा

मंगलबार, असार २६, २०८०

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली  बंगलादेश प्रस्थान गरेको छ।बंगलादेशसँग दुई मैत्रीपूर्ण खेलका लागि नेपाली टोली आज त्यसतर्फ गएको हो।

दुई मैत्रीपूर्ण खेलका लागि ३१ सदस्यीय टोली बंगलादेश लागेको हो । नेपालले बंगलादेशसँगको मैत्रीपूर्ण खेललाई एसियाली खेलकुदको तयारीका रुपमासमेत लिएको छ। 

बंगलादेशको ढाकामा पहिलो मैत्रीपूर्ण खेल बिहीबार र दोस्रो खेल आइतबार हुनेछ।  गत भदौमा घरेलु मैदानमा भएको साफ च्याम्पियनशिपको फाइनलमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएको थियो। 

नेपाल त्यो हारको बदला उसकै घरेलु मैदानमा लिने लक्ष्यमा रहेको छ। 

महिला फुटबल टोली

गोलकिपर – एन्जिला तुम्बापोा सुब्बा, अन्जना राना मगर, उषा नाथ

डिफेन्डर – अमृता जैसी, गिता राना, हिराकुमारी भुजेल, पुजा राना, विमला विक, निशा थोकर, समिक्षा घिमिरे, अञ्जली  वाइवा

मिडफिल्डर – रेनुका नगरकोटे, सरु लिम्बु विमला चौधरी, अनिता बस्नेत, प्रिति राई, दीपा शाही

फरवार्ड – सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मीकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल

प्रशिक्षक – अनन्तराज थापा (मुख्य प्रशिक्षक), पारस चौधरी (सहायक प्रशिक्षक), सुरजकुमार लामा (गोलकिपर प्रशिक्षक)

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १३:१७
प्रतिक्रिया दिनुहोस्