काठमाडौंबाट साउदी उडेको नेपाल एयरको जहाज पाकिस्तानको आकाशबाटै काठमाडौं फर्कियो

बिहीबार, असोज १८, २०८०
honor mob  winter sales

काठमाडौँ।  काठमाडौंदेखि साउदी अरब उडेको नेपाल एयरको जहाज पाकिस्तानको आकाशबाट  काठमाडौं फर्किएको छ।

Honor x7 pad

काठमाडौंदेखि साउदी अरेबियाको दमामका लागि गए राति १२ बजेर १४ मिनेटमा उडेको नेपाल एयरको आरए ४१२ जहाज  आज बिहान ४ बजेर ५१ मिनेटमा पुनः काठमाडौं फर्किएर अवतरण गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। 

जहाज पाकिस्तानको आकाशमा पुगेपछि  महत्त्वपूर्ण टिकास उपकरण टिकासमा समस्या आएपछि जहाजलाई पुनः काठमाडौं फर्काइएको विमानस्थलल्र जनाएको छ।

आकाशमा उडिरहेको जहाजले अन्य जहाज नजिक आयो भने संकेत गर्ने उपकरण टिकासले संकेत नदिएपछि उक्त जहाजलाई काठमाडौं फर्काइएको हो।

काठमाडौं विमानस्थलमा अवतरण गरेको उक्त जहाजमा सवार ९५ यात्रुलाई अर्कै जहाज व्यवस्था गरिएको विमानस्थलले जनाएको छ। 

 

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १०:१०
प्रतिक्रिया दिनुहोस्