एसियन गेम्स: नेपाल समूह 'बी' बाट कबड्डीको सेमिफाइनलमा, एक पदक पक्का

बुधबार, असोज १७, २०८०
honor mob  winter sales

काठमाडौँ । चीनमा जारी एसियायी खेलकुदमा नेपाली महिला कबड्डी टोली सेमिफाइनलमा प्रवेश गरेको छ। समूह 'बी' को आफ्नो पहिलो खेलमा बङ्गलादेशलाई पराजित गरेको नेपाल समूहक्ल उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो।

Honor x7 pad

एसियायी खेलकुदमा अहिलेसम्म कुनै पदक ल्याउन नसकेको नेपालले यो खेलबाट खाता खोल्ने भएको छ । महिला कबड्डीमा पदक पाउने निश्चित भएसँगै एसियाडमा नेपाल पदकविहीन नहुने भएको हो । 

१९औं  एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत चीनको हाङझाउमा जारी प्रतियोगिताअन्तर्गत केही बेरअघि सम्पन्न खेलमा इरानले बङ्गलादेशलाई ५४–१६ अङ्कले पराजित गरेसँगै नेपाल समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो । सेमिफाइनलमा प्रवेश गरेसँगै नेपालले जारी एसियाली प्रतियोगितामा कम्तीमा कास्य पदक प्राप्त गर्ने टुङ्गो लागेको हो । कबड्डीमा सेमिफाइनल पुग्ने चारवटै टोलीले पदक प्राप्त गर्ने प्रावधान छ ।  

महिला कबड्डीतर्फ नेपालले पहिलो पटक एसियाली खेलकुदमा भाग लिएको हो । “पहिलो सहभागितामै आफ्नो देशलाई पदक दिलाउन सफल भएका छौँ”, नेपाली महिला कबड्डी टोलीका प्रशिक्षक विष्णुदत्त भट्टले चीनको हाङझाउबाट  कुरा गर्दै भने, “महिला कबड्डी टोलीले विश्वमा नेपालको इज्जत बढाएको छ, जारी एसियाली खेलकुदमा मुलुकलाई पदकविहीन हुनबाट जोगाउन सफल भयौँ ।” सेमिफाइनलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै कास्य पदकमा मात्र सीमित नरहने उनको भनाइ थियो ।

नेपाल रहेको समूह ‘बी’ मा इरान र बङ्गलादेश रहेका थिए । इरान समूह ‘बी’को विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले पहिलो खेलमा सोमबार बङ्लादेशलाई ३७–२४ अङ्कले पराजित गरेको थियो भने दोस्रो खेलमा मङ्गलबार इरानसित १९–४३ अङ्कले पराजित भएको थियो । नेपाल र इरानसित पराजित भएको बङ्गलादेश भने प्रतियोगिताबाट बाहिरिएको छ । इरानले १८औँ एसियाली खेलकुदमा पनि महिला कबड्डीमा स्वर्णपदक जितेको थियो ।

यस्तै महिला कबड्डीतर्फ समूह ‘ए’मा भारत, थाइल्याण्ड, चाइनिज ताइपेइ र दक्षिण कोरिया रहेका छन् । नेपालले अब समूह ‘ए’को विजेता टोलीसित सेमिफाइनल खेल्ने छ । नेपाल अब पदकबाट बन्चित नहुने हुँदै नेपालले सेमिफाइनल पार गरेर फाइनलमा पुगे कम्तीमा स्वर्ण अथवा रजत पक्कै प्राप्त गर्नेछ।

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  ११:४८
प्रतिक्रिया दिनुहोस्