अशान्त बनेको नेपालगञ्ज शान्त र सामान्य बन्दै

बुधबार, असोज १७, २०८०
honor mob  winter sales

नेपालगञ्ज । अशान्त बनेको सद्भावको सहर नेपालगञ्ज आज बिहानदेखि शान्त र सामान्य बन्दै गइरहेको छ ।

Honor x7 pad

हिन्दु  र मुस्लिम  समुदायबीच भएको विवादले हिजो दिउँसोदेखि अशान्त रहेको नेपालगञ्ज शान्त र सामान्य बन्दै गएको हो । नेपालगञ्ज सामान्य अवस्थातर्फ उन्मुख भएपनि तत्काल कर्फ्यु  भने हट्ने अवस्था नरहेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । 

बाँकेमा प्रमुख  प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले अहिले अवस्था सामान्य बन्दै गएपनि तत्काल कर्फ्यु  हट्ने अवस्था नरहेको बताए । नेपालगञ्जमा मंगलबार दिउँसो १ बजेदेखि अनिश्चितकालीन कर्फ्यू लगाइएको छ ।

दुई समुदायबीच बढेको तनाबले उग्ररुप लिने अवस्था देखिएपछि कफ्र्यु आदेश जारी गरिएको हो ।

सामाजिक सञ्जालमा मुस्लिम समुदायलाई लक्षित गरी लेखिएको स्टाटसको विषयलाई लिएर मुस्लिम समुदायले असोज १४ गते गरेको विरोध प्रदर्शनका कारण उत्पन्न परिस्थिति एवम् आज ओमकार परिवार हिन्दु समाजले निकालेको र्यालीका क्रममा विवाद उत्पन्न भई नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा प्रहार, उच्छृंखल गतिविधि लगायतका विरोध प्रदर्शन कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भंग हुने स्थिति देखिएकाले कफ्र्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।  

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १०:४१
प्रतिक्रिया दिनुहोस्