नेपालगञ्जको स्थिति नियन्त्रणमा छ: बाँके प्रशासन

मंगलबार, असोज १६, २०८०
honor mob  winter sales

नेपालगञ्ज ।नेपालगञ्जको स्थिति नियन्त्रणमा  रहेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ। प्रशासनले आज साँझ एक सूचना जारी गर्दै सद्भाव कायम राख्न भ्रामक सूचना प्रचार नगर्न समेत आग्रह गरेको छ ।

Honor x7 pad

स्थिति नियन्त्रणमा लिन सबै सुरक्षा निकाय परिचालन गरिएको भन्दै प्रशासनले सामान्य बल प्रयोग गर्दा ३ जना सुरक्षाकर्मीसहित १३ जना घाइते भएको बताएको छ । 

घाइतेहरूको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको समेत प्रशासनले जानकारी दिएको छ। नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यू लगाइएको छ । कर्फ्युकै बीचमा सेना पनि परिचालन गरिएको छ।

 

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  २०:४४
प्रतिक्रिया दिनुहोस्