स्वास्थ्य क्षेत्रमा देखिएको जनशक्ति व्यवस्थापनको समस्या छिट्टै हल हुन्छ: स्वास्थ्यमन्त्री

मंगलबार, असोज १६, २०८०
Honor 600 pro

नेपालगञ्ज । नेपाल सरकारका स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा जनशक्ति कम भएर समस्या देखिएको बताएका छन् । 

बाँकेको खजुरास्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालको आज निरीक्षण गर्दै मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा देखिएको जनशक्ति व्यवस्थापनको समस्यालाई छिट्टै हल गरिने बताए।

उनले खजुरा क्यान्सर अस्पतालको दरबन्दी स्वीकृतिका लागि क्याबिनेटमा गइसकेको जानकारी दिँदै अब छिट्टै जनशक्ति व्यवस्थापन हुने बताए । उनले दक्ष जनशक्ति थप्न अर्थ मन्त्रालय सहमत भएको जानकारी दिए। 

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री राजु खनालले अस्पतालहरुमा देखिएको जनशक्ति अभाव, उपकरण व्यवस्थापन लगायतका समस्या समाधानमा प्रदेश सरकार केन्द्रित रहेको बताए ।

सुशिल कोइराला क्यान्सर अस्पतालमा अहिलेसम्म एक जनाको पनि दरवन्दी छैन । सबै स्वास्थ्यकर्मी काजमा छन् ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १८:२६
प्रतिक्रिया दिनुहोस्