नेपालगन्जमा सद्भाव कायम राख्न धवल शम्शेरको अपिल!

मंगलबार, असोज १६, २०८०
honor mob  winter sales

काठमाडौं । नेपालगन्जमा  शान्ति र सद्भाव कायम गर्न अपिल सांसद धवल शम्शेर राणाले अपिल गरेका छन् ।

Honor x7 pad

आज प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिदै नेपालगन्ज -२ बाट निर्वाचित प्रतिनिधि सभा सांसद  धवलशमशेर राणाले सद्भावको शहरमा अशान्ति नफैलाउन नेपालगञ्जबासीहरुलाई अनुरोध गरेका हुन् ।

साथै राणाले नेपालगञ्जमा सद्भाव कायम गर्न सबैलाई अपिल गरेका हुन् । प्रतिनिधि सभामा बोल्दै सांसद राणाले नेपालगन्जमा भइरहेको घटनालाई नियन्त्रणमा लिन सरकारसमक्ष आग्रह गरेका थिए।

यो घटनाको मुख्य जड भनेको मोबाइल नै भएका साइबर ब्युरोले  तुरुन्तै कारबाहीको दायरामा ल्याउनुपर्यो। राणाले नेपालगन्जवासीलाई शान्ति कायम गर्न अनुरोध गरेका छन् ।

नेपालगन्जमा आज दिउँसो १ बजेदेखि  कर्फ्यु जारी भएको छ।  नेपालगन्जकि अहिले अवस्था झनै उग्र बनेको छ । अहिले कर्फ्यु तोडेर हिन्दु र मुस्लिम समुदायका सयौं युवाहरु सडकमा उत्रिएका छन् ।

 

 

 

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १५:११
प्रतिक्रिया दिनुहोस्