Dashain Banner
Dashain Banner

उत्कृष्ट प्रदर्शनका बाबजुद भारतसँग नेपाल २३ रनले पराजित

मंगलबार, असोज १६, २०८०

काठमाडौं । चीनमा जारी एसियन गेम्स अन्तर्गत पुरुष टी-२० क्रिकेटमा नेपाल भारतसँग पराजित हुँदै क्वाटरफाइनलबाट बाहिरिएको छ।

आज बिहान भएको क्वाटरफाइनलमा भारतले नेपाललाई २३ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

टस जितेर पहिलो ब्याटिङ गरेको भारतले दिएको २०३ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको नेपालले ९ विकेट गुमाउँदै १७९ रन बनाएको हो।

नेपालका दीपेन्द्र सिङ ऐरीले सर्वाधिक ३२ रन बनाए भने कुशल भुर्तेलले २८  र कुशल मल्ल र सन्दीप जोराले समान २९ रन जोडेका थिए। करण केसी नट आउट रहदै १८ रन बनाएका थिए। नेपाली खेलाडीहरुको उत्कृष्ट प्रदर्शन भएपनि भारतविरुद्द जित निकाल्न सकेनन् । 

भारतका बलर रबि बिसोनी र अभेश खानले सर्वाधिक ३-३ विकेट लिए भने अर्शदिप सिंहले २ तथा साइ किशोरीले १ विकेट लिएका थिए।

यसअघि ब्याटिङ गरेको भारतका लागि एसश्भी जैसवालले शतक हानेका थिए।

 

 

 

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १०:१९
प्रतिक्रिया दिनुहोस्