गौशालामा डाइग्नोस्टिक सेन्टरका सञ्चालकमाथि चक्कु प्रहार, घटनास्थलबाट पेस्तोल बरामद

सोमबार, असोज १५, २०८०
honor mob  winter sales

काठमाडौं । काठमाडौंको अति व्यस्त मानिने गौशालामा डाइग्नोस्टिक सेन्टरका सञ्चालकमाथि चक्कु प्रहार भएको छ।

Honor x7 pad

काठमाडौं-९ पिंगलास्थानमा रहेको पिके डाइग्नोस्टिक सेन्टरका सञ्चालक सविर हुसेनलाई केहीबेर अघि एक अपरिचित व्यक्तिले चक्कु प्रहार गरी फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

प्रहरीले आक्रमणकारी भाग्ने क्रममा घटनास्थलमा खसेको एउटा पेस्तोल र चक्कु बरामद गरेको छ। चक्कु प्रहारबाट सविरको खुट्टामा चोट लागेको छ। उनलाई उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको प्रहरीले जानकारी दिएको छ। 

प्रहरीले चक्कु प्रहार गर्ने अपरिचित व्यक्तिको खोजतलास गरिरहेको जनाएको छ।

 

 

 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १३:१९
प्रतिक्रिया दिनुहोस्