पेन्सन बुझ्न आएका बुढा कोहलपुर बसपार्कमा मृत भेटिए

मंगलबार, असार २६, २०८०
honor mob  winter sales

नेपालगन्ज । कोहलपुरमा एक जना पूर्व नेपाल प्रहरी मृत अवस्थामा फेला परेका छन् । 

Honor x7 pad

अन्दाजी ६०-६५ वर्षका पुरूष सोमबार साँझ कोहलपुर बसपार्क नजिकै सडक छेउमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ।

कोहलपुर प्रहरीका अनुसार मृतक कोहलपुर किरण नाला का बीर बहादुर बुढा रहेको प्रहरीलाई स्थानीयहरुले बताएका छन् ।

बुढा पूर्व नेपाल नेपाल प्रहरी रहेकोले सोमबार पेन्सन बुझ्न कोहलपुर आएर फर्किदै गर्दा साँझ  साढे ५ बजे मृत फेला परेको प्रहरीले बताएको छ।

प्रहरीले शवलाई पोष्टमार्टमका लागि नेपालगन्जस्थित भेरी अस्पताल पठाएको जनाएको छ। प्रहरीले घटना बारेमा अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १२:१०
प्रतिक्रिया दिनुहोस्